जीवन बीमक संघका पदाधिकारीले भेटे अर्थमन्त्री, एक लाख रुपैयाँसम्मको बीमा शुल्कमा कर छुट दिन माग

११ चैत्र २०८१, सोमबार १७:४०

काठमाडौं । जीवन बीमक संघ नेपालका पदाधिकारीहरुले आज उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । जीवन बीमक संघले बार्षिक एक लाख रुपैयाँसम्मको बीमा शुल्कमा कर छुट दिनुपर्ने लगायतका चार वटा बिषयमा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा आगामी बजेटमा बीमाका अत्यन्तै जरुरी बिषयहरु समावेश गर्न माग गरिएको एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । संघका अध्यक्ष तथा सिटिजन लाइफका सिईओ पोषक राज पौडेलको नेतृत्वमा नेपाल लाइफका सिईओ तथा उपाध्यक्ष प्रविन रमण पराजुली, एशियन लाइफका सिईओ कोषाध्यक्ष दिनेशलाल श्रेष्ठ र सुर्यज्योति लाइफका सिईओ तथा महासचिव प्रकाश बिक्रम खत्री सहभागी थिए ।

आजको भेटवार्तामा आगामी बजेटमा समावेश गर्नुपर्ने बिषयमा केन्द्रीत रहेको थियो । जीवन बीमक संघले बीमा कम्पनीहरुको मुनाफामा लगाइएको कर्पोरेट ट्याक्स अव्यवहारिक भएको बिषय अर्थमन्त्री समक्ष पेश गरेका छन् । हाल जीवन बीमाको खर्च गणना गर्द मृत्युदावी भुक्तानीसहितको सबै दावी भुक्तानीलाई खर्चको रुपमा गणना गर्न नपाइने व्यवस्था छ । जसबाट उनीहरुको वास्तविक मुनाफा भन्दा पनि खर्चमाथि समेत कर तिर्दै आएका छन् ।

त्यसैगरी, दोस्रो बिषयको रुपमा हाल ४० हजार रुपैयाँमा मात्रै बीमा शुल्कमा कर छुटको व्यवस्था रहेकोमा अबदेखि बार्षिक एक लाख रुपैयाँसम्मको बीमा शुल्कमा कर छुट हुनुपर्ने व्यवस्था बजेटमा समावेश गर्न माग गरेका छन् ।
त्यस्तै, बण्डमा लगानी गर्दा प्राप्त आयमा १५ प्रतिशत कर लगाइदै आएकोमा त्यसलाई घटाएर ५ प्रतिशतमा झार्नुपर्ने माग जीवन बीमक संघले अर्थमन्त्री समक्ष पेश गरेको छ ।

त्यस्तै, इन्स्योरेन्स बण्डको व्यवस्था बजेटमा गरिदिन जीवन बीमक संघले माग गरेको छ । जोखिम मूल्याङ्कन आदिबाट अझै जोखिम आउनेतर्फ ध्यान दिँदै इन्स्योरेन्स बण्डको जरुरी रहेको तथ्य बीमक संघको तर्फबाट अर्थमन्त्री पौडेललाई राखिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*