सान्भी इनर्जीलाई ३७ करोड ९० लाखको आइपीओ निष्कासनका लागि बोर्डले दियो अनुमति

११ चैत्र २०८१, सोमबार १७:२९

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सान्भी इनर्जी लिमिटेडलाई आइपीओ निष्कासनको अनुमती दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३७ लाख ९० हजार कित्ता बराबरको ३७ करोड ९० लाख रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*