एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
११ चैत्र २०८१, सोमबार १७:००

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार सर्वोत्तम सिमेन्ट, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।
सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस बापतको ३२ लाख ५५ हजार कित्ता शेयरसूचीकृत भएको छ । यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंक शाइन रेसुंगाको ३ प्रतिशत बोनस बापतको १४ लाख २० हजार १०७.२९ कित्ता र मेरो माइक्रोफाइनान्सको ७.५० प्रतिशत बापतको ९ लाख ९० हजार बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत शेयर मंगलबारदेखि कारोबारमा आउनेछ ।