बीमा व्यवसायलाई गति दिन बीमितलाई ढुक्क गराउने सामूहिक प्रयास आवश्यक छः अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा व्यवसायको जटिलता बढ्दै गएको भन्दै बीमाङ्कीहरूको भूमिका झनै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल बीमा प्राधिकरण संयुक्त अधिराज्यस्थित इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) र एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञताको विकास अपरिहार्य रहेको बताएका हुन् ।
उनले बीमाङ्कीहरूको दक्षता उजागर गर्दै बीमा व्यवसायलाई थप गति दिन र बीमितहरूलाई ढुक्क हुने वातावरण बनाउन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा वित्तीय स्थायित्वलाई सुनिश्चित गर्न, प्रभावकारीरूपमा जोखिम व्यवस्थापन गर्न र दिगो वृद्धि हासिल गर्नका लागि बीमाङ्कीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यकारी निर्देशक सुवेदीले नेपालमा बीमाङ्कीको न्यूनताका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी र नियामकीय सुरपरीक्षणको सुदृढीकरण जस्ता कार्यलाई प्रवद्र्धन गर्दै आएको जानकारी दिए ।
आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय विज्ञताको विकासका लागि नियाकका रूपमा नेपाल बीमा प्राधिकरणबाट भएको प्रयास सह्रासहनीय रहेको उल्लेख गर्नुहुँदै यसका लागि आवश्यक सहयोग गर्ने तत्परता व्यक्त गरे ।
ग्लोवल एक्च्युरियल इनिसिटिभ (जीएआईएन) का निर्देशक क्विनी चोउले बीमाङ्कीको दक्षता अभिवृद्धिका लागि प्राधिकरणसँग हुँदै आएको सहकार्यबाट आफूहरु उत्साहित रहेको बताउनुहुँदै आगामी दिनमा यस किसिमको सहयोगलाई अझै सघनरूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहल र जीएआईएनसँगको आवद्धताबाट प्राप्त उपल्रब्धीहरूका बारेमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका पदाधिकारी, ग्लोवल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका पदाधिकारी, ए्रक्च्युएरिल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्यिुएरिल विज्ञानका विद्यार्थी र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका एक्च्यिुरियल प्रवन्धक र एक्च्युरियल विश्लेषकहरूको सहभागिता रहेको थियो ।