जीवन बीमकको प्रथम बीमाशुल्क १३% बढ्यो, नेपाल-नेशनल र एलआईसी अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

११ चैत्र २०८१, सोमबार १६:१०

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को आठ महिनामा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

जुन गत आर्थिक वर्षको तुलनामा १३.१८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ६६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

तथ्याङ्क अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । सो कम्पनीले आठ महिनामा पाँच अर्ब २४ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन २३.६६ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै, दोस्रो नम्वरमा नेशनल लाइफ पर्न सफल भएको छ । सो कम्पनीले तीन अर्ब ३० करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको प्रथम बीमा शुल्क १५.६१ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, तेस्रो नम्वरमा परेको एलआइसी नेपालले १ अर्ब ७१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २६.९७ प्रतिशतले बढी हो ।

यस अवधिमा हिमालयन लाइफले १ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको प्रथम बीमा शुल्क व्यवसाय पनि १२.५१ प्रतिशतले बृद्धि भएको छ ।

फागुन मसान्तसम्ममा सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा सिटिजन लाइफले १ अर्ब १८ करोड, एशियन लाइफले १ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

आठ महिनाको सानिमा रिलायन्सले १ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले ८५ करोड, मेट लाइफले ८४ अर्ब ३३ करोड, प्रभु महालक्ष्मी लाइफले ७९ करोड ८५ लाख, आइएमई लाइफले ७७ करोड ९५ लाख, सन नेपाल लाइफले ६२ करोड १८ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ५४ करोड ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*