आठ महिनामा जीवन लघुबीमाको ब्यवसाय साढे ७२ करोडमाथि, कुनको कति ?
११ चैत्र २०८१, सोमबार १५:३९

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब साढे ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ७२ करोड ४६ लाख १२ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । फागुन मसान्तसम्ममा कम्पनीले २८ करोड ५ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख र लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।