८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय एक खर्ब ८ अर्बबढी, नेपाल–नेशनल र एलआइसी अग्रस्थानमा

११ चैत्र २०८१, सोमबार १५:३८

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब आठ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा सञ्चालित रहेको १४ जीवन बीमा कम्पनीहरुले ८ महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा कुल २९ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा शुल्क आर्जनमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थनमा रहेको छ । कम्पनीले ८ महिनामा कुल १३ अर्ब ६२ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

तेस्रो नम्बरमा रहेको एलआइसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणले प्रकाशित विवरणले देखाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन चार अर्ब २९ करोड रुपैयाँ, मेट लाइफ नेपालको तीन अर्ब ८८ करोड रुपैयाँ, आइएमई लाइफको तीन अर्ब २८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको तीन अर्ब १९ करोड रुपैयाँ र सन नेपाल लाइफको दुई अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*