हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
११ चैत्र २०८१, सोमबार १५:०५

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको ३२ करोड रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।
आज सीईडीबि होल्डिङ्सको १५ करोड २९ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँ, गार्डियन माइक्रो इन्स्योेरेन्सको १२ करोड ४४ लाख रुपैयाँ र सिन्धु विकास बैंकको ११ करोड ८५ लाख रुपैयाँले सबैभन्दा बढीको कारोबार भएको छ ।