राताम्यमा ब्रेकः फाइनान्स सेक्टरमा उताप–चडाबको चलखेल, कारोबार किन सुस्त ?

११ चैत्र २०८१, सोमबार १५:०७

काठमाडौँ । लगातार ६ दिन ओरालो लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । विशेषगरी नयाँ तथा साना लगानीकर्ताहरु शेयर बिक्री गर्न हतारिएको देखिए पनि ठूला संस्थागत लगानीकर्ताहरु भने धैर्य अवस्थामा रहेको विश्लेषण गरिएको छ । कारोबार रकम उल्लेख्य रूपमा नबढेको कारण ठूलो स्तरको प्यानिक सेल भने देखिएको छैन ।

बजार निरन्तर घट्दा उधारो कारोबार गर्ने लगानीकर्ताहरु दबाबमा परेका छन् । शेयर किन्ने तर भुक्तानी अवधि लामो समय लम्ब्याउने प्रवृत्तिका कारण मूल्य घटिरहँदा सेटलमेन्टका लागि लगानीकर्ताहरुले जबरजस्ती सस्तो मूल्यमा बिक्री गर्नुपरेको देखिन्छ । यसले समेत बजारमा थप बिक्री चाप सिर्जना गरेको छ । उता, खरिद गर्ने मनस्थितिमा रहेका लगानीकर्ताहरु पनि अझै प्रतिक्षा गर्ने रणनीतिमा छन्, जसले बजारको उतार–चढावलाई थप जटिल बनाएको छ ।

राजनीतिक अन्योल र आर्थिक नीतिगत विषयले समेत बजारलाई असर पु¥याइरहेको छ । पछिल्ला दिनहरुमा राजतन्त्र पक्षधर समूहको सक्रियता र प्रमुख दलका नेताहरुको चर्को अभिव्यक्तिले लगानीकर्तामा शंका उत्पन्न गराएको छ । साथै, नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्दा बजारका लागि नयाँ सन्देश आउने आशंका गरिएको छ । यस्तै, नेप्से प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया लम्बिँदा बजारमा अन्योल बढेको विश्लेषण गरिएको छ । यद्यपि, तरलता सहज रहनु र बैंक ब्याजदर तल्लो विन्दुमा हुनु बजारका लागि सकारात्मक संकेतका रूपमा रहेको बताइन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अकंले घटेर २६४५.२० बिन्दुमा कायम भएको छ । आज३२६ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय निरन्तर ओरालो लागेको फाइनान्स सेक्टर आज भने उच्च बढेको छ । जसमा केहि सीमित माफियाहरुको चलखेलको रुपमा बुझिएको छ । आज मात्रै फाइनान्स समूहको ३.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै, बैंकिङ समूहको ०.९२ प्रतिशत, विकास बैंक समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत, हाइड्रोपावर समूहको १ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज २१० कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*