नेप्सेद्वारा एप्पल सेक्युरिटिजलाई निलम्बित, के हो कारण ?
११ चैत्र २०८१, सोमबार १३:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एप्पल सेक्युरिटिज प्रा.लि. लाई तीन कार्यदिनका लागि निलम्बन गरेको छ। कम्पनीले तोकिएको समयसीमा भित्र राफसाफ तथा फछ्यौट प्रक्रिया पूरा नगरेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा उक्त निर्णय गरिएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार नियमनकारी मापदण्ड पालना गर्नुपर्ने दायित्व पूरा नगरेकाले कारबाहीस्वरूप अस्थायी निलम्बन गरिएको हो। यस अवधिमा एप्पल सेक्युरिटिजले कुनै पनि कारोबार गर्न पाउने छैन।