गार्डियन माइक्रो लाइफको दोस्रो वार्षिक सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज बिराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो ।
सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
यसका साथै गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालक निर्वाचन गर्ने, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले सभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरुको सभामा बाक्लो उपस्थिती रहेको थियो ।