पाल्पा सिमेन्ट र लक्ष्मी स्टीलबाट प्रदूषण फैलाएपछि स्थानियबासी आन्दोलित, मापदण्डको धज्जी उड्दा सरकार मौन

दिपक विष्ट
११ चैत्र २०८१, सोमबार १२:०९

काठमाडौँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा रहेका पाल्पा सिमेन्ट र लक्ष्मी स्टिल उद्योगले वातावरणीय प्रदूषण बढाएर स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर पु-याइरहेको पाइएको छ । उद्योगहरूबाट उत्सर्जित प्रदूषित कारण स्थानीय बासिन्दाले हैरानी ब्यहोर्नु परेको हो ।

उद्योगहरूबाट निस्कने धुलो, धुवा तथा रसायनयुक्त पानीका कारणे पनि सो क्षेत्रका बासिन्दाले दैनिक जीवनयापनमै कठिनाइ झेल्नु परेको छ । ती उद्योगकै कारण सर्वसाधारणको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ ।

उद्योगहरूले उचित वातावरणीय मापदण्ड पालना नगरेका कारण वायुप्रदूषण चरम रूपमा बढेको छ । उद्योग क्षेत्र वरपर बसोबास गर्ने स्थानीयहरू अनुसार सडकमा अत्यधिक धुलो उड्ने समस्या रहेको छ भने रातको समयमा कारखानाबाट बाक्लो धुवाँ निस्कने गरेको छ । वातावरणीय प्रदूषणका कारण दम, खोकी, आँखामा जलन लगायतका स्वास्थ्य समस्या दिनप्रतिदिन बढिरहेको गुनासो स्थानियहरुमा छ ।

सरकारले तोकेको वातावरणीय मापदण्डअनुसार प्रदूषण नियन्त्रण गर्नुपर्ने भए पनि पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलले कुनै प्रभावकारी कदम नचालेको स्थानीयको गुनासो छ । वातावरणीय सुधार र प्रदूषण न्यूनिकरणका लागि उद्योगले सहमति गरेको भए पनि त्यसलाई कार्यान्वयन नगरेको स्थानीय नागरिकहरू बताउँछन् ।

यता, सो क्षेत्र (सनवल नगरपालिका वडा न ७.) का वडा अध्यक्ष नारायण प्रसाद आचार्यपनि उद्योगका कारण सो क्षेत्र प्रदूषण भएको पृष्टि गरे । उनले भने, ‘स्थानीयका गुनासा बेला बेला आउने गरेका छन् । उद्योग कारण हुने गरेको प्रदूषणले स्थानियहरु आन्दोलित समेत हुने गरेका छन् । अहिले सो क्षेत्रमा सवारी स्थानियहरुले चल्न दिएको छैन’

प्रदूषण न्यून गर्ने विषयमा बनेको सहमति समेत उद्योगहरुले कार्यान्वयन नगरेको अध्यक्ष आचार्यले बताए । ‘प्रदूषण कम गर्ने विषयमा यसअघि उद्योगहरुसँग सहमति भएको थियो । तर, लामो समयसम्म समेत बाटो नबनेको र रातिको समयमा कारखानाबाट धुवाँ निष्कासन हुने गरेको छ । स्टील भन्दापनि सिमेन्टबाट बढी सिमेन्टका धुलोका कर्णले स्थानियलाई बढी प्रभावित गरेको छ’ उनले भने, ‘सघर्ष समिति उद्योगहरु समन्वयमा तयार भएको थियो । प्रदूषण कम गर्ने र आवश्यक समन्वय गर्ने विषयमा लिखित सहमति भएको थियो । कार्यान्वयन हुन नसक्दा सर्वसाधारण रुष्ट छन् ।’

स्थानियको चौर्तर्फी दबाबपछि अहिले उद्योगसँग छलफलका लागि समिति बनाएको अध्यक्ष भनाई छ । स्थानियले ब्यक्तिगत स्वार्थका विषय नभई जनस्वास्थ्यको कुरा हुँदा कम्पनीहरु समेत छलफलको लागि तयार नै रहेको अध्यक्ष आचार्यले बताए ।

स्थानीयबासीहरूले पटक–पटक आन्दोलन गरे पनि सम्बन्धित निकायले उचित कारबाही नगरेको स्थानियहरुको आरोप छ । सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट विशेष रूपमा प्रभावित क्षेत्रमा लगानी गर्नुपर्ने स्थानीयको माग रहेको छ । तर, उद्योग सामाजिक उत्तरदायित्वको बजेट परैको कुरा स्थानिय क्षेत्रको सडक निर्माण समेत गर्ने सकेको छैन । सरकारले वातावरणीय नियम पालना गराउन कडा नीति अवलम्बन नगरेसम्म स्थानीय बासिन्दाको स्वास्थ्य जोखिममा पर्ने अवस्था यथावत रहने देखिन्छ । स्थानीय नागरिकहरूले स्थानिय, प्र्रदेश, संघीय सरकार, उद्योग प्रशासन र सरोकारवाला निकायलाई तुरुन्त उचित कदम चाल्न माग गरेपनि सबै गुपचुप रहेका छन् ।

यता, पाल्पा सिमेन्टका जनसम्पर्क प्रमुख जीवन निरौलाले धुलो कम गर्ने उद्योगले सक्ने प्रयास गरीरहेको बताउछन् । उनले भने, ‘हामीले बस्ती बसेको ठाउँबाट टिप्पर लैजाने अवस्था नभएपछि विकल्पको रुपमा पछाडीबाट उद्योगसम्म सवारी लैजाने ब्यवस्था गरेका थियौ । अहिले त्यो पछाडिको क्षेत्रबाट पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने एउटा पुल बन्दै गरेको हुँदा त्यो बाटो अवरुद्ध हुन पुग्यो । सोहि कारण अगाडीबाट सवारी चलाउनु पर्ने भयो । तेहि कारण केहि मात्रामा धुलो उडेको छ । हामीले धुलो नियन्त्रण गर्न सडकमा हाल्ने पानिको मात्रा बढाइरहेका छौं । १०० प्रतिशत नै नियन्त्रण गर्ने त सकिने अवस्था छैन । तर हामीले सकेजति नियन्त्रण गरी रहेको छौं ।’

निरौला परिस्थीतिमा बाहेक अन्य समयमा वातावरण मापदण्डको पूर्ण रुपमा पालना गरेको दाबी गर्छन् । ‘प्रदूषण कम गर्नेका लागि हामीले न्यूनतम स्तर उन्नती गरी रहेछौं । सडक भने पिच गर्ने सकेको अवस्था छैन । मापदण्डमा अनुसार सडकका लागि सबै भुमिका उद्योगको मात्रै हुन्छ भन्ने छैन । दायित्व राज्यले समेत लिनु पर्छ । कुनै समस्या परेको बेला बाहेक हामीले मापदण्डको पालना पूर्ण रुपमा गरेका छौं । अनुमगन गर्ने समेत सक्नु हुन्छ’ निरौलाले भने ।

स्थानियको ब्यक्तिगत स्वार्थ केहि नभएको हुँदा हामी के कति समस्या आएको हो छलफल गर्ने तयार रहेको प्रमुखले बताए । ‘प्रदूषण नियन्त्रणमा के कति कमजोर भएको हो ? सहमति भएका कुरा कार्यन्वयन के कति कारणले हुन सकेन अब के गर्ने सकिन्छ ? स्थानियका माग जायज छन् । हामी छलफल गरेर निष्र्कष निकाल्छौं । छिट्टै छलफलमा समेत बस्दै छौ । हामीबाट भएको कमजोर सच्याउछौं’ निरौलाले भने, ‘चुनढङ्गालाई पिठो बनाउनु पर्ने हुँदा धुलो उडेको हो । नियन्त्रणका लागि पानि हाल्ने जस्ता काम उद्योगबाट भइरहेको छ । प्रदूषण नियन्त्रणका लागि जे जति गर्नु पर्ने छ त्यसका लागि हामी तयार छौं ।’

पाल्पा सिमेन्टको उत्पादन केन्द्र पश्चिम नवलपरासी जिल्लाको सुनुवाल नगरपालिका वडा न ७  मा अवस्थित छ भने खानी क्षेत्र पाल्पा जिल्लाको रहवासमा रहेको छ । वार्षिक ०.५९ मिलियन मेट्रिक टन क्लिंकर र ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमताको भए पनि कम्पनीले बजारमा स्थिर पकड बनाउन संघर्ष गरिरहेको देखिन्छ ।

यता, लक्ष्मी स्टील्स लिमिटेडको स्थापना २००८ मा एक निजी लिमिटेड कम्पनीका रूपमा गरिएको थियो । कम्पनीले वार्षिक उत्पादन क्षमता करिब २,००,००० मेट्रिक टन रहेको छ । कम्पनीमा प्रमुख स्वामित्व न्यौपाने परिवार र अग्रवाल परिवारको संयुक्त रूपमा रहेको छ । न्यौपाने (नौ जना सदस्यहरू मार्फत) ५५ प्रतिशत स्वामित्व राख्छ भने अग्रवाल परिवार (पाँच जना सदस्यहरू मार्फत) ४५ प्रतिशत स्वामित्वमा छ । कम्पनीका अध्यक्ष टीका राम न्यौपाने हुन् ।

सम्बन्धीत समाचार:

संकटमा पाल्पा सिमेन्ट, जोखिम बढ्दै गर्दा आइपीओको साहारा

आइपीओ निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी स्टील्सले एक वर्ष गर्यो साढे ९ अर्बको व्यापार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*