पानी टयांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु
११ चैत्र २०८१, सोमबार ११:३६

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका –२ स्थित बेतहनीमा आइतबार पानी बोक्ने टयांकरले ठक्कर दिँदा दुई जना बालकको मृत्यु भएको छ ।
भे १ ख ४१०७ नं को पानी टयांकरले ठक्कर दिँदा सोही क्षेत्रका नौ वर्षीय शिउ कुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पानी टयांकरको ठक्कर पछि मृत्यु भएका बालबालिकाका आफन्त तथा स्थानीयहरुले पानी टयांकरमा आगजनी गरेका छन् । उक्त आगजनीले पानी टयांकर पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि आक्रोशित बनेका नागरिकको स्थिती नियन्त्रण बाहिर भएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो ।