लाभांश प्रस्ताव सहित सिटिजन लाइफको एजीएम चैत १५ गते
११ चैत्र २०८१, सोमबार १०:०८

काठमाडौं। सिटिजन लाइफको चैत १५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २६।९८ प्रतिशत बोनस सेयर र १।४२ प्रतिशत नगद लाभांश ९कर तिर्न० वितरण प्रस्ताव पेश गर्नेछ ।
यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।