कालिमाटीमा सस्तीयो तरकारीको मूल्य, यस्तो छ आजको थोक मूल्य (सूचीसहित)

११ चैत्र २०८१, सोमबार ०९:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अर्थात सोमबारको लागि तरीकारी तथा फलफुलको थोक मूल्य निर्धारण गरेको छ ।

समितीका अनुसार आज बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ५०, मूला सेतो (लोकल) प्रतिकिलो १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ३५ तथा भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो १३० कायम गरिएको छ ।

त्यस्तै, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६०, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*