प्रतिकित्ता १ सय रुपैयाँमा सिटिजन्स बैंकको ३ लाख कित्ता शेयर खरिद गर्न सकिने

११ चैत्र २०८१, सोमबार ०९:१०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तीन लाख १८ हजार ८७३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले काठमाण्डौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

५४ हजार ८११.५७ कित्ता शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र २ लाख ६४ हजार ६१.५८ कित्ता शेयरको १०० रुपैयाँ तोकिएको छ ।

उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*