राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो साधारणसभा आह्वान, पुँजी वृद्धि मुख्य एजेण्डा

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो पहिलो साधारणसभाा बोलाएको छ । संस्थानबाट कम्पनीमा परिणत भएको कम्पनीले २०८२ साल वैशाख ३ गते साधारणसभा डाकेको हो । कम्पनीले आर्थिक वर्ष २०६९र७० देखि आर्थिक वर्ष २०७३र७४ सम्म गरी कुल ५ आर्थिक वर्षको साधारणसभा एक साथ गर्न लागेको हो ।
यो कम्पनी दोस्रो बजारमा सुचिकृत छैन ।सोहि अनुसार आगामी साधारणसभामा कम्पनीको पुंजी वृद्धि योजना पनि अनुमोदनको लागि पेश हुदै छ ।
कम्पनीले सभामा ।सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्ने, नेपाल सरकार को मिति २०८१।०२।०३ को निर्णय र तत्पश्चात् गठित सञ्चालक समितिलाई अनुमोदन गरी सोही सञ्चालक समितिलाई निरन्तरता दिने, लेखा परीक्षकको प्रतिवेदन सहितको साबिक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९र७०, २०७०र७१, २०७१र७२, २०७२्र७३ र २०७३र७४ सम्मको वासलात, नाफा र नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७६र७७, २०७७र७८ र २०७८।७९ को लेखा परीक्षण गर्न श्री महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका वाह्य लेखा परीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव अघि बढाउने योजना रहेको छ ।
त्यस्तै बिेशेष प्रस्तावमा कम्पनीको सञ्चालक समितिको मिति २०८१।०३।३० गते बसेको ५५ औँ बैठकले स्वीकृत गरेको पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने,
कम्पनीको प्रवन्ध पत्र र नियमावली, २०८० मा समयानुकूल संशोधन समेतका कार्य गर्न, गराउन सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।