बीमा प्राधिकरणको निर्देशक र उपनिर्देशकहरुलाई बढुवा पत्र हस्तान्तरण

१० चैत्र २०८१, आईतवार २१:५२

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशक र उपनिर्देशक पदमा आन्तरिक मूल्याङ्कन प्रणालीबाट बढुवा भएका कर्मचारीलाई बढुवा पत्र हस्तान्तरण गरिएको छ ।प्राधिकरणको तर्फबाछ पदपूर्ती समितिले बढुवा सिफारिश गरेको ३५ दिन पछि उनीहरूलाई बढुवाको पत्र दिइएको हो।

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले निर्देशक र उपनिर्देशक पदमा आन्तरिक मूल्याङ्कन प्रणालीबाट बढुवा भएका कर्मचारीहरुलाई बढुवा पत्र हस्तान्तरण गरेको हो ।

निर्देशकमा ध्रुव तिमिल्सिना, कुन्दन सापकोट, शाम्भराज लामिछाने र निर्मल अधिकारी बढुवा भएका छन् । त्यस्तै, उपनिर्देशक पदमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भुप्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट बढुवा भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*