नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

१० चैत्र २०८१, आईतवार १८:२४

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

साथै, चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*