आर्थिक विश्वव्यापीकरणको पक्षमा रहेको चीनको घोषणा

काठमाडौं । चीन सरकारले ‘आर्थिक विश्वव्यापीकरण’ लाई अगाडि बढाउने घोषणा गरेको छ ।
आइतबार चीनको बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरुको एक भेलाई सम्बोधन गर्दै चिनिया उच्च नेताहरुले अमेरीकरी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गरेर चीन आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउनेमा प्रतिवद्ध रहेको धारणा व्यक्त गरेका हुन् ।
अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको विभिन्न करवृद्धि तथा बदला लिने तरीकाले गरेका निर्णयले विश्वभर आर्थिक चुनौति बढेको चीनका उच्च नेताहरुले जिकीर गरेका छन् । उनीहरुले चीन सरकार सधै विश्वको आर्थिक विकासमा एकजुट भएर अघि बढीरहेको समेत प्रतिक्रिया दिएका छन् ।
व्यापारिक अधिकारीहरुको भेलालाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली कियाङले चीन इतिहासको कठिन घडीमा सही पक्ष, निष्पक्षता र आर्थिक विश्वव्यापीकरणलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।
उनले भने, ‘आर्थिक भूमण्डलीकरण’को सही दिशाको पालना गर्नेछ, सही बहुपक्षीयताको अभ्यास गर्नेछ र स्थिरता र निश्चितताको लागि एक शक्ति बन्ने प्रयास गर्नेछ,’ लीले भने ।
ट्रम्पले सुरु गरेको नयाँ व्यापार युद्धलाई सङ्केत गर्दै उनले भने, ‘आज, विश्वव्यापी आर्थिक विखण्डन तीव्र भइरहेको छ, अस्थिरता र अनिश्चितता बढिरहेको छ।’