बक्यौताको प्रमाण दिनुस्, हामि पैसा दिन तयार छौः पशुपति मुरारका

काठमाडौं । उद्योगी पशुपति मुरारकाले लोडसेडिङको बेला बिजुलि प्रयोग गरेका प्रमाण दिएको खण्डमा तत्कालै बक्यौता भुक्तानी गरीदिने बताएका छन् ।
आइतबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल विद्युत प्राधिकरणले लोडसेडिङमा बिजुली प्रयोग गरेको प्रमाण दिनुको सट्टा बर्षौ पछि बिल पठाउने अनि हामिले तिरि दिनु पर्न हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले भन, ‘हामि तीन महिना उधोग चलाएर २ महिना बन्द गर्न सक्छौ, तर दिनभरी भने चलाउनु नै पर्छ। देशको हामि दुश्मन होइन। हामि पनि देशको प्रगति चाहान्छौ ।’
‘लालआयोगको प्रतिवेदन कार्यन्वयन गर्न हामि तयार छौ । सरकारले गरेको निर्णय पनि बिधुत प्राधिकरणले मानेन । कानुन भन्दा प्राधिकरण माथि हो ? प्रमाणसहित बक्यौताको बिल दिनुहोस् हामि पैंसा दिन तयार छौ ।’ उनले भने ।
उद्योगी मुरारकाले दुःख व्यक्त गर्दै भने, ‘उधोगहरु धरासायी भएका छन् । प्रमाण हामिलाई दिएको दिन नै हामि पैसा दिन तयार हो । हामि औधोगीक वातावरण बनाउन तयार छौ ।’