विद्युत प्राधिकरणले लोडसेडिङ छैन भन्दै झुटको खेति गरीरहेको छः अध्यक्ष मारु

१० चैत्र २०८१, आईतवार १७:३४

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारुले विद्यु्त प्राधिकरणले लोडसेडिङ छैन भन्दै झुटको खेति गरीरहेको बताएका छन् ।

आइतबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्युत प्राधिकरणले तालिका बिना नै लोडसेडिङ गरेका कारण उद्योग सञ्चालन गर्न अप्ठ्यारो भएको बताएका हुन् ।

उनले भने, ‘लोडसेडिङ नहुने घोषणा भएसँगै हामि खुशि थियौं। एक–दुई महिना ठिक चल्यो तर विस्तारै ८–९ घण्टा लोडसेडिङ हुन थाल्यो। गुनासो बोकेर बिधुत प्राधिकरण जाँदा राजनीति गर्न आएको भन्दै धम्काउने गरेको छ ।’

अध्यक्ष मारुले भने ‘यदि लोडसेडिङ छ भने हामिलाई तालिका दिनु होला । हामि हाम्रो उधोग त्यही अनुसार चलाउँछौ । तर कुलमान घिसिङले लोडसेडिङ छैन भन्ने तर उधोगमा १०–१२ घण्टा लोडसेडिङ भइरहेको छ ।’

‘सार्वजनिक कार्यक्रममै घिसिङले लोडसेडिङ छैन भन्ने गरेका छन्। कुलमान घिसिङको झुटको पराकाष्ठालाई पार गरेको छ।’ उनले भने । अध्यक्ष मारुले अर्थतन्त्र निकै कमजोर स्थितमा रहेको छ र बिधुत प्राधिकरणले झुटको खेती मात्र गरीरहेको आरोप लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*