फागुनमा निर्जीवन बीमकको पौन ३ अर्ब ब्यवसायः नम्बर वान शिखर, ग्रोथमा हिमालयन एभरेष्ट र ओरियन्टल

१० चैत्र २०८१, आईतवार १६:३१

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा उक्त ब्यवसाय २.९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थिए । यसअवधिमा ९ कम्पनीको ब्यवसाय बढेको छ भने ५ कम्पनीको घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको माघ महिनामा मात्रै शिखर इन्स्योरेन्सले आफ्नो ब्यवसाइ ७.१५ प्रतिशतले बढाएर ८८ करोड १८ लाख रुपैयाँ पुराएको छ । माघ महिनामा कम्पनीले आर्जन गरेको बीमा शुल्क निर्जीवन बीमा कम्पनी मध्यकै धेरै हो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा रहेको छ । कम्पनीले एक महिनाको अवधिमा ३८ करोड ६८ लाख रुपयाँको ब्यवसाय गर्ने सफल भएको हो । कम्पनीले आर्जन गरेको ब्यवसाय गत फागुनको तुलनामा ४.२६ प्रतिशतले बढी हो ।

फागुन महिनामा मात्रै सर्वाधिक ब्यवसायी वृद्धिमा भने हिमालयन एभरेष्ट र द ओरियन्टल रहेको छ । कम्पनीहरुले कमक्रः ३१.०३ प्रतिशतले बढाएर २८ करोड ८७ लाख र द ओरियन्टलले ४७.४४ प्रतिशतले बढाएर १७ करोड रुपैयाँको ब्यवसायी गरेका हुन् ।

यता, चालु आर्थिक वर्षको फागुनमा बीमा शुल्क आर्जन गर्ने कम्पनीमा क्रमशः आइजिआई इन्स्योरेन्सको ३.७६ प्रतिशतले घटेर ३४ करोड ९१ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.२५ प्रतिशतले बढेर३० करोड ६५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ०.१५ प्रतिशतले घटेर २४ करोड ४६ लाख, एनएलजि इन्स्योरेन्सको २८.५८ प्रतिशतले बढेर २३ करोड ७५ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ११.८५ प्रतिशतले घटेर १९ करोड ७१ लाख, सानिमा जिआईसि इन्स्योरेन्सको १२.४४ प्रतिशतले बढेर १८ करोड ५७ लाख, राष्ट्रिय बीमा कम्पनीको ४६.८६ प्रतिशतले घटेर १५ करोड ३३ लाख, नेपाल इन्स्योरेन्सको १८ प्रतिशतको बढेर १४ करोड, प्रभुको ११ प्रतिशतले बढेर १३ करोड र नेशनलको ६ प्रतिशतले बढेर ७ करोड रुपैयाँ रहेको छ ।

शिखर इन्स्योरेन्सको ब्यवसाय २४.९५ प्रतिशतले बढेर २९ करोड २ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १६.४९ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको ०.७७ प्रतिशतले बढेर २३ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्टको २४.७० प्रतिशतले बढेर २३ करोड १० लाख रुपैयाँ, सानिमा जिआईसिको ६२.२५ प्रतिशतले बढेर १९ करोड ३ लाख रुपैयाँ र एनएलजिको १८.०६ प्रतिशतले बढेर १८ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

साथसाथै, एक महिनाको अवधिमा नेपाल इन्स्योरेन्सको ब्यवसाय ४२.४६ले बढेर १७ करोड २३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ७.१८ प्रतिशतले बढेर १५ करोड ३ लाख रुपैयाँ, ओरियन्टलको ४२.२२ प्रतिशतले बढेर ९ करोड ९ लाख, नेशनल इन्स्योरेन्सको २१ प्रतिशतले बढेर ७ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ३३ प्रतिशतले बढेर ४ करोड १० लाख रुपैयाँ रहेको छ । यसअवधिमा युनाइटेड अजोडको ब्यवसाय मात्र घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*