निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन २८ अर्ब, कुनको कति ?

१० चैत्र २०८१, आईतवार १५:४६

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा २८ अर्बबढी रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले चार अर्ब एक करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

बीमा शुल्क आर्जनको आधारमा दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले तीन अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ । साथै, तेस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

साथै यस अवधिमा आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले दुई अर्ब ३७ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब २१ करोड रुपैया, नेको इन्स्योरेन्सले दुई अर्ब १९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*