दुई लघुवित्तको बोनश शेयर सूचीकृत, कुनको कति ?
१० चैत्र २०८१, आईतवार १५:२६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार सूर्योदय वोमि र सपोर्ट माइक्रोफाइनान्सको बोनश शेयर सूचीकृत भएको हो ।
सूर्योदय वोमि लघुवित्तको ६ प्रतिशत बोनश बराबर ६ लाख २६ हजार कित्ता र सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत बराबर एक लाख ४८ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ ।
आइतबार सूचीकृत भएको उक्त शेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।