आइतबार १३ कम्पनीको मात्र शेयरमूल्य बढ्यो
१० चैत्र २०८१, आईतवार १५:११

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १३ वटाको मात्र शेयरमूल्यमा हरियाली छाएको छ ।
आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर, एनएमबि ५०, बाराही हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । पछिल्लो केही दिनयता शेयर बजार निरन्तर रुपमा घटीरहेको छ ।
