एभरेष्ट बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
१० चैत्र २०८१, आईतवार १४:१८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा पोस्ट ग्र्याजुएशन गरेको हुनुपर्ने छ । साथै नेपाली र अग्रेजी भाषामा राम्रो ज्ञान, कम्प्युटर र बैंकिङ्ग अनुभव भएको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले आवश्यक विवरणसहित चैत २३ गतेभित्र कुमारी जवको वेबसाइट https://www.kumarijob.com/ebl/59241-management-trainee मार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।