बीमा प्राधिकरणका सबै विभागलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर बुझाउन अध्यक्ष ओझाको निर्देशन

१० चैत्र २०८१, आईतवार १२:०२

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष शरद ओझाले आन्तरिक रुपमा रहेका सबै विभागहरु प्रदेश कार्यालयहरुलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर लिखित रुपमा बुझाउन निर्देशन दिएका छन् ।

प्राधिकरणभित्र रहेका सबै विभागका प्रमुखहरुले उक्त विभागको सञ्चालन गर्दा अपनाईने सामान्य सञ्चालन प्रक्रियालाई लिखित रुपमा बुझाउन भनिएको हो । सो अनुसार सबै विभागीय प्रमुखहरुले प्राधिकरणका अध्यक्षलाई लिखित रुपमा एसपओपी बनाएर बुझाउनुपर्नेछ ।

कार्यकारी अध्यक्षीय प्रणालीबाट चल्दै आएको र अध्यक्षको चेनअफ कमाण्डमा मात्रै अघि बढ्दै आएकोमा नयाँ अध्यक्ष ओझाले तल्ला तहमा कार्य विभाजन गरी अधिकार प्रत्यायोजन गरेर जाने बताउँदै आएका छन् ।

बीमा प्राधिकरणभित्र १८ वटा विभाग मातहतका शाखा र ६ वटा प्रदेश कार्यालय रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*