जोखिम व्यवस्थापन र बीमाका समसामयिक मुद्दाहरु सम्बन्धि धनगढीमा गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) को आयोजना तथा नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेण्ट एशोसिसयन (निरमा) को सहकार्यमा जोखिम व्यवस्थापन र बीमामा समसामयिक मुद्दाहरू सम्बन्धी गोष्ठी शनिबार धनगढीमा सम्पन्न भएको छ ।
गोष्ठीका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला राज्य मन्त्री प्रकाश बमले बीमा दुख पर्दाको साथी भएकोले बीमामा सबैको पहूँच सुनिश्चित गर्नुपर्ने बताए ।
‘बीमा दुःख पर्दाको साथी हो । तर बीमा भित्रका समस्या र बीमाका बारेमा जानकारीको अभावमा बीमामा सबै नागरिक जोडिन सकेका छैनन् ।’ आर्थिक मामिला राज्यमन्त्री बमले भने, ‘प्रदेश सरकार बीमा सम्बन्धि सचेतना र बीमामा सबैको पहूँच सुनिश्चित गर्न सहकार्य र सहयोग गर्न तयार छ ।’
कार्यक्रममा विशिष्ट अतिथि नेपाल बीमा प्राधिकरण सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख हृदयश्वर पण्डित र नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले बीमाको महत्वका बारेमा चर्चा गरेका छन् ।
नेपाल इन्स्योरेन्स प्रोफेसनलस सोसाईटी कैलालीका अध्यक्ष सुनील श्रेष्ठले स्वागत मन्तव्यसंगै गोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए ।
निरमाका अध्यक्ष प्रा. डा.रविन्द्र घिमिरे को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन निप्स कैलालीका सचिव नर बहादुर नेगीले गरेका थिए । गोष्ठीमा जीवन तथा निर्जीवन बीमा र लघु बीमा कम्पनीका गरी एक सय २० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।