ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट सम्पन्न, कट अफ प्राइस कति ?

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरिएका सेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका सर्वसाधारण समूहका ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयरलाई लिलामीमा ल्याएको थियो। यसैअनुसार चैत ४ गते लिलामी प्रक्रिया सम्पन्न गर्दै योग्य आवेदकहरूलाई सेयर बाँडफाँट गरिएको हो।
लिलामी प्रक्रियामा सहभागी भएकामध्ये न्यूनतम २६६ रुपैयाँ २० पैसाको बोलपत्र पेश गर्ने आवेदकले सेयर प्राप्त गरेका छन्। यसअघि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो, तर मागअनुसार सम्पूर्ण सेयर बिक्री हुन नसकेपछि बाँकी सेयर लिलामीमार्फत बिक्री गरिएको थियो।
यसैबीच, कम्पनीले लिलामी बाँडफाँटमा समावेश नभएका आवेदकहरूको रकम फिर्ता गर्ने प्रक्रिया चैत ११ गतेदेखि सुरू गर्ने जनाएको छ। आवेदन फारममा उल्लेखित बैंक खातामार्फत कनेक्ट आइपीएस प्रणाली प्रयोग गरी रकम फिर्ता गरिनेछ।
त्यस्तै, बैंक खातामा फिर्ता रकम नपुगेको अवस्थामा आवेदकहरूले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको नारायणचौर, नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।