सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
१० चैत्र २०८१, आईतवार १०:४१

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा नौ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।