उपकार लघुवित्तको लक इन अवधि कहिले सकिँदैछ ?
१० चैत्र २०८१, आईतवार १०:१४

काठमाडौं । उपकार लघुवित्तको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि आगामी बैशाख ८ गतेदेखि लक इनको समायावधि सकिने जनाएको छ ।सर्वसाधारणमा ९कर्मचारीहरू समेतमा निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ बैशाख ९ गते सेयर बाँडफाँट गरेको थियो ।
सोही बमोजिम लघुवित्तको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि सकिन लागेको हो । लघुवित्तका अनुसार संस्थापकतर्फ ४ लाख २० हजार कित्ता र कर्मचारीहरूको ३ हजार २८१ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।