नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

१० चैत्र २०८१, आईतवार ०९:०८

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गते बिहीबारसम्म रहेको छ ।

सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत १४ गतेसम्म कायम गरिएको यसअघि कम्पनीले जानकारी गराएको थियो । अब थपिएको म्याद पनि सकिन लागेको छ ।

नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*