एनआईसी एशिया लघुवित्त अत्तरिया शाखाले मनायो ‘ग्लोबल मनी वीक २०२५’

९ चैत्र २०८१, शनिबार २०:०६

काठमाडौँ  । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अत्तरिया शाखाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम तथा र्याली आयोजना गरेको छ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अत्तरियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा शाखाका कर्मचारीहरू तथा लघुवित्तका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

वित्तीय साक्षरता अभियानअन्तर्गत सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत, लगानी, बीमा तथा बैंकिङ्ग सेवाबारे जानकारी दिइएको थियो। साथै, र्यालीमार्फत समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको थियो।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था नियमित रूपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*