बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न, हेर्नुहोस् ७ तस्बिर
८ चैत्र २०८१, शुक्रबार १७:५६

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आफ्नो कार्यकालको औपचारिक सुरुआत गरेको छ।
उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्न कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू तथा सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका निवर्तमान अध्यक्ष शम्भु प्रसाद मिश्रको उपस्थिति रहेको थियो।