नेपाल आयल निगमद्वारा लाभांश घोषणा, चैत २९ गते साधारण सभा
८ चैत्र २०८१, शुक्रबार १७:४६

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभा सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा अपराह्न १ बजे सुरु हुनेछ। साधारण सभामा आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, नाफा(नोक्सान विवरण तथा नगद प्रवाह प्रतिवेदनमाथि छलफल हुनेछ।
नाफामा रहँदै आएको निगम दोस्रो बजारमा सूचीकृत भने छैन।