बीमा प्राधिकरणको कर्मचारी युनियनको अध्यक्षमा प्रेमहरि, यस्तो बन्यो कार्य समिति

८ चैत्र २०८१, शुक्रबार १७:०९

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणको कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन गरिएको छ। हालै सम्पन्न निर्वाचनमार्फत प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् भने महासचिवको जिम्मेवारी शिव प्रसाद खनालले सम्हाल्ने भएका छन्।

त्यसैगरी, कोषाध्यक्षमा खेमराज भण्डारी, सचिवमा श्यामसुन्दर नगरकोटी चयन भएका छन्। सदस्यहरूमा अनिश तिमिल्सिना, विशाल त्रिताल, करुणा थापा, सानुकाजी कुँवर र मेलिना खरेल निर्वाचित भएका छन्।

निवर्तमान अध्यक्ष शम्भु मिश्रले दुई वर्ष कार्यकाल कुशलपूर्वक सफल गरी नयाँ कार्यमितिलाई हस्तान्तरण गरेका हुन् ।

साथै, आजै बसेको पहिलो संचालक समितिको बैठकले अघिल्लो कार्यसमितिलार्ए धन्यवाद ज्ञापन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*