आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत्र १६ गते हुने
८ चैत्र २०८१, शुक्रबार १५:०७

काठमाडौँ । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १६ गते हुने भएको छ । सर्वदलिय बैठकपछि निर्वाचनको मिति तय भएको हो ।
यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले फर्जी परिचय पत्र बाहिरिएको भन्दै गेटमा ताला लगाएपछि चैत ५ गतेको स्ववियु स्थगित भएको थियो ।