रवि लामिछानेद्वारा नयाँ क्रान्ति गर्ने उद्घोष, ‘गेट रेडी फर रिभोलुशन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नयाँ क्रान्ति गर्ने उद्घोष गरेका छन् । पछिल्लो समय राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे मौन रहँदै आएको रास्वपाका अध्यक्ष रवि लामिछानेले आज पहिलो पटक मुख खोल्दै नयाँ क्रान्तिको पक्षमा वकालत गरेका हुन् ।
आज उच्च अदालत पाटनमा पुगेका रविले त्यहाँ पत्रकारहरुले घेरा हालेर प्रश्न सोधेका थिए । सो क्रममा लामिछानेले अब दिन धेरै नै नजिक आइरहेको र अब धेरैका बोली बन्द हुने समेत स्पष्ट पारेका छन् । लामिछानेले कस्तो खालको क्रान्ति हो भनेर स्पष्ट भने पारेका छैनन् ।
उनले स्पष्ट शब्दमा भने, ‘गेट रेडि फर रिभोलुशन (क्रान्तिका लागि तयार रहौं ।’ लामिछानेले अब आफू छिट्टै धेरै कुराहरु बोल्ने स्पष्ट पार्दै त्यसपछि धेरै कुराहरु परिवर्तन हुने बताएका छन् ।
पछिल्लो समय राजा ज्ञानेन्द्र शाहको पक्षमा विशाल प्रदर्शनहरु भइरहेको छ । उक्त प्रदर्शनको विरोधमा कांग्रेस र कम्युनिष्ट सम्बद्ध दलहरुले विरोध गरेको भएपनि रास्वपा मौन रहँदै आएको थियो । रास्वपाले राजावादीको आन्दोलनमा साथ दिनसक्ने चर्चा पनि बजारमा व्याप्त रहेकै बेला लामिछानेले नयाँ क्रान्ति गर्ने उद्घोष गरेका हुन् ।
यतिबेला मुलुक राजनीतिक उदय र पतन (पाराडाईम सिफ्ट) को क्रममा रहेको छ । आगामी दिनहरु चुनौति र अवसर दुवैबाट अघि बढिरहेको छ ।
फाइल तस्विर