थाई एयरको विमान एक घण्टा आकाशमै फन्को मारी अबतरण

८ चैत्र २०८१, शुक्रबार १४:२१

काठमाडौँ । थाइल्याण्डबाट काठमाडौँका लागि आएको थाई एयरको विमान करिब एक घण्टासम्म आकाशमा फन्को मारेपछि मात्रै अवतरण भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलो गरी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

स्थानीय समयअनुसार दिउँसो १ः२० बजे अवतरण गर्ने तालिका रहेको उक्त विमान २ः१२ मा मात्र सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो। विमानस्थलमा उडान तथा अवतरणको चाप बढेपछि ट्राफिक व्यवस्थापनमा अवरोध सिर्जना भएको थियो, जसका कारण थाई एयरको विमानलाई केही समय आकाशमै होल्ड गर्नुपर्ने परिस्थिति उत्पन्न भएको विमानस्थलले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*