सिन्धु विकास बैंकको साधारण सभाबाट १२० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पारित

८ चैत्र २०८१, शुक्रबार १४:०१

काठमाडौँ । सिन्धु विकास बैंकको १४औं र १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले १२० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय सर्वसम्मत पारित गरेको लगानीकर्ता दिपेन्द्र अग्रवालले बीमापोष्टलाई जानकारी दिएका छन् । शेयर निष्कासन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमालीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित भएको छ।

त्यसैगरी गत दुई आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियु्िक्त अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*