सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा हंगामा, कुटिए शेयरधनी

काठमाडौँ । सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा हंगामा भएको छ । कम्पनीको आज अर्थात् चैत ८ गते बोलाएको १४औं र १५ औं वार्षिक साधारणसभा लफडा भएको हो ।
विवाद एक जना शेयरधनीहरुलाई कुटपिट भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । ३।४ ब्यक्ति लागेर एक जना शेयरधनीहरुलाई धकल्दै पिटेको छ । विवादपछि कम्पनीका सुरक्षाकर्मीहरु सो स्थानमा पुगेको हुन् । के कारण विवाद आएको हो त्यो भनेको खुलेको छैन ।
लगानीकर्ता दिपेन्द्र अग्रवालले भने स–साना विवाद मात्रै उत्पन्न भएको बीमापोष्टलाई बताए । उनले भने, ‘राइट शेयर निष्कासनको विषय पारित हुँदैछ । झगडा केहि भएको होइन । स–सानो विवाद मात्रै उत्पन्न भएको हो । तेति त साधारण सभामा भइहाल्छ ।’
यसअघि नै फागुन २८ गते बोलाएको थियो । तर गणपूरक संख्या नपुगेपछि स्थगित भएको जनाएको थियो ।