चन्द्रागिरीको जंगलमा डढेलो
८ चैत्र २०८१, शुक्रबार १२:१६

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा डढेलो सल्किएको छ।
डढेलो नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालित भएका छन्। उक्त जंगलको विभिन्न ठाउँमा डढेलो लागेको र सुरक्षाकर्मीहरू नियन्त्रणको प्रयासमा रहेको प्रहरीले जनाएको छ।
डढेलो नियन्त्रणका लागि स्थानिय बासिन्दाहरू सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल आर्मीका सुरक्षाकर्मीहरू परिचालित भएका छन्।