पोखराको उजुरी शाखाका प्रशासकीय अधिकृत २५ हजार घुस सहित पक्राउ

८ चैत्र २०८१, शुक्रबार ११:२१

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको उजुरी फर्छ्यौट समन्वय शाखाका प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरी २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्।

उनले उजुरीसँग सम्बन्धित केश मिलाइदिन्छु भनेर सेवाग्राहीसँग घुस माग्ने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परेको थियो।

घुस मागेको उजुरीको आधारमा अख्तियारको पोखरास्थित कार्यालयबाट गएको टोलीले गिरीलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस सहित पोखरा महानगरपालिकाको गेट अगाडिबाटै पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*