विश्वकै सर्वाधिक व्यस्त हिथ्रो एयरपोर्ट भिषण आगोलागीको चपेटामा, १५० बढि फ्लाईट डाईभर्ट
८ चैत्र २०८१, शुक्रबार १०:४५

काठमाडौं । विश्वकै सर्वाधिक व्यस्त हिथ्रो विमानस्थलमा आज साँझसम्मका लागि बन्द गरिएको छ । विमानस्थल नजिकैको विद्युत प्रशारण केन्द्रैमा भिषण आलोलागी भएपछि विद्युत अभावमा हिथ्रो विमानस्थलका उडान र अवतरण आजका लागि बन्द गरिएको हो ।
दैनिक दुई लाख भन्दा बढि यात्रु ओहोर दोहोर गर्ने हिथ्रो विमानस्थल बन्द हुँदा लाखौं मानिसहरुको यात्रा प्रभावित भएको छ । फ्लाईटराडारका अनुसार आजै मात्र १५० भन्दा बढि जहाजहरु डाईभर्ट गरिएको छ ।
विमानस्थल प्रशासनले आज यात्रुहरुलाई विमानस्थलमा नआउन सूचना जारी गरेको छ । आगोलागी फरक फरक भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
लण्डनस्थित दमकलले शुक्रबार मात्रै २०० कलभन्दा बढि आगोलागी नियन्त्रणको लागि सहयोग माग्दै गरिएको जनाएको छ ।