कृषिले नै उद्यमी बनाउँछः प्रधानमन्त्री ओली

काठमाडौं । यही ७ र ८ चैत्र, २० र २१ मार्च, दुईदिने खाद्य सम्प्रभुक्ता, जलवयायु न्याय र किसानको अधिकार मूल नारासहित भएको दक्षिण एशियाली किसान सम्मेलन शुरु भएको छ ।
उक्त सम्मेलनका प्रमुख अतिथि तथा प्रधानमन्त्री केपीशर्मा ओली गरेको छ । राजधानीको गौशलास्थित क्रिष्टल होटलमा पहिले दिन शुरु भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेपालमा ६० प्रतिशत किसानहरु कृषि पेशामा आवद्ध रहेपनि कृषिले धान्न नसकेको बताएका छन् । कृषिवस्तु आयत गर्नु परेको प्रति चिन्ता व्यक्त गर्दैै प्रधामन्त्री ओलीले कृषि सबैभन्दा महत्वपूर्ण विषय हो ।’ ठूला–ठूला विद्धान देखि सबैतहका मानिसले खाने कृषिवस्तु नै हो । हामीले व्यवसायिक कृषिलाई उठाउन सकेन । आधुनिक पनि गर्ने सकेन । कृषिले मात्र सबै कुरा परिवर्तन गर्न सक्छ । यद्यपी हामी खाद्यान्न आयत गर्नु परेको अवस्था छ । कृषिलाई आत्मनिर्भर बनाउन हामी निरन्तर प्रयत्न गर्न चाहान्छौं ।
कृषिमा आधुनिकीकरण नगरेसम्म खान पुग्ने अवस्था देख्दैनौं । ग्रामीण जनताको आयआर्जन वृद्धि कृषि नै हो । रोजगारको प्रमुख माध्यम पनि कृषि नै हो । बढ्दो युवा पलायनलाई रोक्ने पनि कृषि नै हो । गाउँबाट शहर र शहरबाट विदेश पलायन रोक्ने पनि कृषि नै हो उनले भने ।
प्रधानमन्त्री ओलीले नकारात्मक सोँच पाल्ने तत्वहरुले फेरि देशलाई पछाडि फर्काउने प्रयास गरेको छ । एकतन्त्रात्मक सोँच भएका तत्वहरुले राजतन्त्र फर्काउन कुरा गरिरहेको छ । कसैले चाहेर राजतन्त्र आउँदैन । उनीहरुले यो अस्थिर अवस्थाको फाइदा लिन खोजिरहेको छ । उनीहरुले चाहेर हुन सक्दैन । चुनावमा आउन म आग्रह गर्दछुु । उनीहरु चुनाव पछि आफै बढारिने छन् । सकारात्मक विचार बोकेर आउनु पर्छ, नकारात्म कुरा आफै हटेर जान्छ ।
प्रधानमन्त्री ओलीले देशमा आर्थिक रुपमा परिवर्तन भएपनि गरिबीको परिवर्तन हुन सकेन । स्पष्ट दृष्टिकोणको आवश्यकता छ । केही मान्छेलाई हामीले गरेको राम्रो काम पचीरहेको छैन । झुठो आश्वसान र गलत सन्देशहरु दिन बन्द गरोस् । प्रधानमन्त्री ओलीले १५ हजार वर्ष पहिले पशुपालन र त्यसपछि १२ हजार वर्षदेखि कृषि गर्दै आएको मानव सभ्यताको पनि कृषिबाटै भएको बताए । त्यसपछि मानवले निरन्तर जीवनयापन गर्नका लागि कृषिलाई अंगाल्दै आएको छ ।
दक्षिण एशियाली देशका किसानहरुले कृषिलाई आधुनिकीकरण गरि परिवर्तन ल्याउनु पर्छ । कृषिले नै उद्यमी बनाउँछ, यस क्षेत्रको आयआर्जन पनि कृषिबाट वृद्धि गर्दछ ।
यो सम्मेलनले योजना बनाओस । त्यहाँको सरकारलाई कृषिका मुद्दाहरुमा सम्वोधन गर्न आग्रह गर्दछु । जलवायु परिवर्तन आजको जल्लोवल्दो विषय हो । जलवायुका कारण विश्वको तापक्रम वृद्धिको भएको छ ।
यसको असर पहाडी मुलुक, विशेषगरि हिमाली देशहरुमा परेको छ । हिमालको चिसो हावा र अन्यकारण उत्सर्जन भएको तातो तापक्रम बीच सन्तुलन बिग्रेर जलवायूमा असर पारेको छ । वनको डढेलो, खेतको परालमा लगाउने आगोको धुवाँ र गाडी र औद्यौगिक प्रयोजनबाट निस्काशित सुक्ष्म कणहरुले जलवायू परिवर्तनमा ठूलो असर पारेको छ । तातो हावा र समुद्रसतहबाट वहने हावामा आएको तकरावले जलवायुको सन्तुलन नमिल्दा कहिँ धेरै पानी पर्ने र कहिँ पानी नै नपर्नाले खेतीबालीमा असर पुगेको छ । हिमाललाई बचाउनु पर्छ । गाडी लगायत औद्यौगिक प्रयोजनबाट फ्याँकेको धुवाँको सुक्ष्म प्रदुर्शणले सम्पूर्ण पृथ्वीको घुम्ने प्रणालीलाई प्रदुर्शित बनाएको छ । पृथ्वी २४ सै घण्टा घुमिरहन्छ र पृथ्वी घुम्दा हावाहरु पनि घुम्छ । यसले पृथ्वीलाई तात्ने कुरा सहयोग पुर्याई रहेको हुन्छ । जसको कारण जलवायू परिवर्तन भइरहेको छ । स्वच्छ हावा, स्वास्थ जीवन बनाउने कुरामा किसानहरुको महत्वपूर्ण योगदान रहन्छ । किसानहरुले मानवलाई खुवाउने खानादेखि स्वस्थ रहन र वातावरण बनाई राख्ने काममा सहयोग पुर्याउनु पर्छ ।
प्रधानमन्त्री ओलीले किसानको आन्दोलन उठीरहेको छैन । कृषि आन्दोनल उठ्नु पर्छ । कृषि आन्दोलन कमजोर हुनुहुन्न भने । कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष तुलाभद्र हमालले जलवायू परिवर्तनको असर पहिले महिला र बाचबालिकामा परेको छ । कृषि क्षेत्र ज्वलन्त विषयको भएको बताउँदै युवा विदेशिनु, कृषि घट्नु, देशबाट युवा पलायन हुनु, किसानको आन्दोलन कमजोर भएर भएको बताईन । यतिबेला कृषिको महत्व बढ्दै गएको छ । कृषि नै देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताइन् ।
बंगलादेशका कृषि श्रमिक युनियनका अध्यक्ष साइफल हकले आफ्नो देश बंगलादेशमा राजनीतिक अस्थिरताबाट अझै माथि उठन नसकेको बताए । प्रोफेसर डा. मोहमद युनिसको अन्तरिम सरकारले काम गरिरहेको छ, उनले भने ।
उनले बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाले एकतन्त्रीय रुपमा तानाशाहीढंगले सरकार चलाउँन खोजेको थियो । जसको परिणामा बंगलादेशमा अस्थिरता बन्न पुग्यो । जनताको सुझावहरु प्रति वास्ता गरेन उनले भने । शेख हसिनाको सरकार पलायन भएपछि । नयाँ अन्तरिम सरकारलाई सबै मिलेर सहयोग गरिरहेको छ ।
उनले जलवायू परिवर्तनको असर सबभन्दा पहिले कृषि क्षेत्रमा परेको बताए । बजारको समस्या, उत्पादनको समस्या, वास्तविक किसानको समस्या, मध्यम किसान समस्या, बाँकी रहेको र हल गर्न नसकेको बताए । उनले भने हामीमाथि जलवायु परिवर्तनका असरहरु परिरहेको छ । सुख्खा, अति सुख्खा, अतिवृष्टि अनावृष्टिको समस्या भोग्ने परेको छ । जसले आफ्नै देशको नागरिकहरु आन्तरिक शरनार्थीको रुपमा रहनु परेको छ । यतिबेलाको बंगलादेशमा पुनसंरचनाको काम भईरहेको छ ।