स्वाभिमान लघुवित्तको लाभांश घोषणा
८ चैत्र २०८१, शुक्रबार ०९:५९

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
Loading...