प्रेस काउन्सिलमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

८ चैत्र २०८१, शुक्रबार ०८:५२

काठमाडौं । प्रेस काउन्सिल नेपालले सहायकस्तर चौथौं र पाचौंमा १/१ जना कर्मचारी माग गरेको छ। काउन्सिलले पाचौंमा १ जना मधेशी माग गरेको छ भने चौथौंमा खुलाबाट पदपूर्ति गर्ने जनाएको छ।

सहायकस्तर पाचौंका लागि प्रमाणपत्र तह वा सो सरहको परीक्षामा सबै विषयमा कम्तीमा डी प्लस र १.६ जीपीए सहित पास गरेको र चौथौंका लागि एसईईमा कम्तीमा २ जीपीए सहित पास गरेको हुनु पर्नेछ।

उमेरको हदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित चैत २८ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*