डलरको भाउ घट्ने क्रम अझै जारी, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा थप घटेको हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४९.५२ रुपैयाँ र बिक्रीदर १५०.१७ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८.६८ रुपैयाँ र बिक्रीदर १७९.४६ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५६.४८ रुपैयाँ र बिक्रीदर १५७.१६ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.६९ रुपैयाँ र बिक्रीदर ८७.०७ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९५.८७ रुपैयाँ र बिक्रीदर ९६.२८ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०३.२८ रुपैयाँ र बिक्रीदर १०३.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.८३ रुपैयाँ र बिक्रीदर ३७.९९ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१६ रुपैयाँ र बिक्रीदर ३१.२९ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.५४ रुपैयाँ र बिक्रीदर १३.६० रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.०४ रुपैयाँ र बिक्रीदर २०.१३ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.७४ रुपैयाँ र बिक्रीदर १७.८२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४७.६७ रुपैयाँ र बिक्रीदर ४४९.६२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.८१ रुपैयाँ र बिक्रीदर ३६७.४० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.१९ रुपैयाँ र बिक्रीदर ३५९.७४ रुपैयाँ रहेको छ।