महिन्द्राको स्कोर्पियो गाडी सडकमा गुड्दा गुड्दै आगो लाग्यो, सुरक्षा चुनौति बढ्यो

काठमाडौँ । महिन्द्रा ब्रान्ड स्कोर्पियोको गाडी सुरक्षा चुनौति थपिएको छ । आज सिरहा जिल्लामा सडकमा गुड्दा गुड्दै महिन्द्राको स्कोर्पियो गाडीमा आगलागी भएपछि यस्तो चुनौति थपिएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत अन्तर्गत सिरहा मिर्चैया नजिक कम्पनीको स्कोर्पियो चलाइरहेको अवस्थामा एक्कासी आगलागी भएको हो । बा १३ च १३२९ नम्बरको स्कोर्पियो आगलागीमा जलेर नष्ट भएको हो । समयमा दमकल न आउँदा गाडी पूर्ण रुपमा ध्वस्त भएपनि मानविय क्षति भने हुन पाएन् ।
पछिल्लो समय महिन्द्रा ब्रान्ड स्कोर्पियोमा दिनप्रतिदिन समस्या देखिन थालेका छन्, जसका कारण दुर्घटनादेखि आगलागीसम्मका घटनाहरू बढ्दै गएका छन् । उपभोक्ताहरूले गाडीको निर्माण दोष, इन्जिनसम्बन्धी समस्या तथा सेफ्टी फिचरहरूको कमजोरीबारे गुनासो गरिरहेका छन् । गुणस्तरकै समस्याका कारण नेपाली अटो बजारमा समेत महिन्द्राका स्कोर्पियो गाडी किन्नहरुको संख्या घट्दै गएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेड(अग्नी ग्रुप) हो ।
अन्तर्राष्ट्रिय रूपमा पनि महिन्द्राका विभिन्न मोडेलहरू सुरक्षाजन्य कमजोरीका कारण फिर्ता (रिकोल) गरिएका उदाहरणहरू प्रशस्त छन् । प्रयोगकर्ताहरूले ब्रेक फेल, इलेक्ट्रिकल फाल्ट र गाडीको अस्थिर सञ्चालन जस्ता समस्याहरू अनुभव गरिरहेको जनाएका छन् । गुणस्तर कायम गर्न नसक्दा कम्पनीको विश्वसनीयता घट्दै गएको र उपभोक्ताहरू अन्य ब्रान्डतर्फ आकर्षित हुँदै गएको देखिएको छ ।
महिन्द्राले केहि समयअघि १९ हजार भन्दा बढी गाडी फिर्ता बोलाएको थियो । सन् २०२२ को जुलाई १ देखि नोभेम्बर ११ सम्म निर्माण भएका मोडेलहरू निर्माण क्रममा भएको त्रुटिका कारण फिर्ता बोलाइएको हो । साथै, महिन्द्राले आधिकारिक रूपमा एक्सयूभी श्रृंखलाका १.१० लाखभन्दा बढी युनिट फिर्ता बोलाउने घोषणा गरेको थियो । यसमा एक्सयूभी७०० र एक्सयूभी४०० ईभी मोडेलहरू समावेश थिए । यस फिर्ता प्रक्रियामा एक्सयूभी७०० एसयूभीका १,०८,३०६ युनिट तथा भारतीय बजारका लागि महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी४०० का ३,५६० युनिट रहेका छन् । ब्रेक पोटेन्सियोमिटरको वसन्त (स्प्रिङ) फिर्ता हुने कार्य प्रभावकारी नभएको कारण फिर्ता बोलाएको हो ।